फ्रेसर्स कनेक्ट कार्यक्रम (Fresher's Connect Program) २०८३ सम्पन्न
15 day(s) ago
फ्रेसर्स कनेक्ट कार्यक्रम (Fresher's Connect Program) २०८३ सम्पन्न
नयाँ यात्रा, नयाँ साथीहरू र नयाँ सम्भावनाहरूको सुरुवातसँगै सीतारमेश बहुुमुुखी क्याम्पसले स्नातक तह प्रथम वर्षका नवआगन्तुक विद्यार्थीहरूका लागि फ्रेसर्स कनेक्ट कार्यक्रम (Fresher's Connect Program)२०८३ सफलतापूर्वक सम्पन्न गरेको छ।
Introducte, Express and Connect को थिमबाट आयोजना गरिएको उक्त कार्यक्रममा विद्यार्थीहरूले आफ्नो परिचय प्रस्तुत गर्नुका साथै विभिन्न अन्तरक्रियात्मक तथा सिर्जनात्मक प्रस्तुतिकरण मा उत्साहपूर्वक सहभागिता जनाए। समूहगत गतिविधि, विचार आदान–प्रदान र रमाइला क्रियाकलापले विद्यार्थीहरूबीच नयाँ सम्बन्ध निर्माण गर्न, आत्मविश्वास बढाउन तथा सहकार्य र सञ्चार सीप विकास गर्न महत्वपूर्ण भूमिका खेल्यो।
समग्रमा, कार्यक्रम नयाँ विद्यार्थीहरूलाई क्याम्पस परिवारसँग जोड्दै उनीहरूको क्याम्पस जीवनको सुन्दर र अविस्मरणीय सुरुवात गर्ने एउटा उत्साहपूर्ण अवसर बन्यो
Sita-Ramesh Multiple Campus