सीतारमेश बहुमुखी क्याम्पसको १४औं वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ।
16 hour(s) ago
सीतारमेश बहुमुखी क्याम्पसको १४औं वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ।
उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा त्रि.वि. व्यवस्थापन सङ्कायका डीन प्रा. डा. महानन्द चालिसे, विशिष्ट अतिथि क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगरका सह–परीक्षा नियन्त्रक प्रा. डा. गोविन्द गुरागाईं तथा विशेष अतिथिको रूपमा पब्लिक क्याम्पस संघका केन्द्रीय सदस्य तथा कन्काई बहुमुखी क्याम्पस, सुरुङ्गाका क्याम्पस प्रमुख श्री विकासप्रसाद उप्रेतीज्यू लगायत अन्य पब्लिक क्याम्पसका क्याम्पस प्रमुखहरूको गरिमामय उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता क्याम्पस सञ्चालन समितिका अध्यक्ष श्री जयप्रसाद भण्डारीज्यूले गर्नुभएको थियो।
कार्यक्रममा क्याम्पसले नयाँ सदस्यहरूलाई सम्मान, दीर्घकालीन सेवा प्रदान गर्ने प्राध्यापकलाई सम्मान, सफल राष्ट्रसेवक पूर्व विद्यार्थीहरूलाई सम्मान, उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार, ज्येष्ठ संस्थापक सदस्यहरूलाई सम्मान तथा आजीवन सदस्य लयप्रसाद भण्डारीज्यूलाई सरस्वती माताको मन्दिर भवन निर्माणार्थ कदर–पत्र प्रदान गर्ने जस्ता विविध कार्यक्रमहरू सम्पन्न गरियो। उक्त सम्मान UGC को सहयोगमा नवनिर्मित भवनमा सन्चालित कार्यक्रमका अतिथिज्यूहरूका करकमलबाट प्रदान गरिएको थियो।
खुला तथा बन्द सत्र गरी दुई चरणमा सञ्चालन गरिएको यस कार्यक्रममा क्याम्पस प्रमुख श्री पुष्पप्रसाद रिजालज्यूले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो।
कार्यक्रमलाई सफलतापूर्वक सञ्चालन गर्दै उच्च तहमा पुर्याउन क्याम्पसका प्राध्यापक तथा व्यवस्थापन विभागका विभागीय प्रमुख श्री नवराज कोईराला तथा प्राध्यापक संघ सभापति श्री हेमन्ता भण्डारीज्यूको महत्वपूर्ण भूमिका रहेको थियो।
सम्पूर्ण आमन्त्रित अतिथि वर्ग, सहभागी मान्यजनहरू, प्राध्यापक वर्ग, कर्मचारी तथा विद्यार्थी वर्गमा क्याम्पस परिवार हार्दिक कृतज्ञता ज्ञापन गर्दछ।

Sita-Ramesh Multiple Campus