सीता–रमेश बहुमुखी क्याम्पसको नयाँ भवन निर्माण कार्यको शिलान्यास समारोह सम्पन्न
2 day(s) ago
आज मिति २०८२ साल असोज २७ गते, सीता–रमेश बहुमुखी क्याम्पसको नयाँ भवन निर्माण कार्यको शिलान्यास समारोह सम्पन्न भएको छ। सो भवन निर्माणका लागि आवश्यक आर्थिक फण्ड विश्वविद्यालय अनुदान आयोग (UGC) बाट प्राप्त भएको हो।
उक्त शिलान्यास कार्य क्याम्पस सञ्चालक समिति का अध्यक्षज्यू र क्याम्पस प्रमुखज्यूको हातबाट सम्पन्न गरिएको थियो।
कार्यक्रममा सञ्चालक समिति सदस्यज्यूहरू, प्राध्यापक वर्ग तथा क्याम्पसका कर्मचारीहरूको उपस्थिती रहेको थियो।
यो भवन निर्माणले क्याम्पसको शैक्षिक पूर्वाधार सुदृढ बनाउने, विद्यार्थीहरूका लागि उत्तम शैक्षिक वातावरण सिर्जना गर्ने, तथा क्याम्पसको समग्र विकासमा योगदान पुर्याउने विश्वास लिइएको छ।
Sita Ramesh Multiple Campus